२२ कम्पनी हकप्रद जारी गर्ने तयारीमा, आठ बीमा कम्पनी बाँकी जलविद्युत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२२ कम्पनी हकप्रद जारी गर्ने तयारीमा, आठ बीमा कम्पनी बाँकी जलविद्युत

नेपाल धितोपत्र बोर्डमा विभिन्न समयदेखि २२ कम्पनी हकप्रद सेयर जारी गर्ने अनुमति मात्रै पुगेका छन्।

२२ मध्ये आठ वटा बीमा क्षेत्रका कम्पनीहरू रहेका छन्। बाँकी जलविद्युत कम्पनी छन्। यी कम्पनीहले १७ देखि शत प्रतिशतसम्म हकप्रद दिने प्रस्ताव गरेका हुन्।

खानी खोला, तह्रथुम पावर, बलेफी हाइड्रो, बाराही हाइड्रो, दोर्दी खोला जलविद्युत, राप्ति हाइड्रो, रिभर फल्स, शिवश्री हाइड्रो, बरूण हाइड्रो, ङादी ग्रुप र छ्याङ्दी हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएका हुन्। 

लाइफ इन्स्योरेन्स कर्पोरेशनले एक बराबर ०.८८४५ अनुपात (८८ प्रतिशत), एनएलजी इन्स्योरेन्सले १० बराबर ६.६ अनुपात (६६ प्रतिशत), जोशी हाइड्रोले एक बराबर ०.६५ अनुपात (६५ प्रतिशत) हकप्रद जारी गर्नेछ। 

Read More