सत्कार सहकारी सञ्चालकमा आफन्त राखेर १२ करोड घोटाला, ८ करोडको नक्कली कर्जा


  • Himalayan Bank Limited (HBL)
सत्कार सहकारी सञ्चालकमा आफन्त राखेर १२ करोड घोटाला, ८ करोडको नक्कली कर्जा

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले यो सहकारीका तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

२२ साउनमा सीआईबीले संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८ घर भएका ३७ वर्षीय महेश श्रेष्ठ र सत्कार सहकारीको चाबहिल शाखाका व्यवस्थापक रामेछाप–८ का ३७ वर्षीय ध्रुवराज कार्कीलाई पक्राउ गरेको थियो ।

Read More