साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात


  • Himalayan Bank Limited (HBL)
साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।
 
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात् रु १७ करोड ७५ लाख एक हजारले बढेको बताए । गत आवको साउनमा रु दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरू, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा बिरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैंचालगायत निर्यात भएको छ । 

Read More