बैङ्किङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी


  • Himalayan Bank Limited (HBL)
बैङ्किङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन्  । नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैङ्किङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् ।

उनले  भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति सायद इतिहासमै  तल छौँ । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैङ्किङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सबलतालाई हेरेर नेपाल राष्ट्र बैङ्कले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

Read More