१ हजार भत्ता लिन २ हजार खर्च


  • Himalayan Bank Limited (HBL)
१ हजार भत्ता लिन २ हजार खर्च

वीरगन्ज : पर्सागढी– ७ फुलकवलका महेश पासवानले २ सय रुपैयाँ अटोको भाडा तिरे। खाजा खानामा झन्डै साढे दुई सय खर्च गरे। अनि, आइपुगे, नारायणी अस्पताल। १ हजार भत्ता बुझ्न उनी बुधबार अस्पताल पुगेका थिए। तर, अस्पतालले असोजमा मात्रै भत्ता दिने अडान लिएपछि उनी रित्तो हात घर फर्के। 

घरबाट अस्पताल र अस्पताल बाट घर फर्किन उनको झन्डै १ हजार रुपैयाँ खर्च भयो। फेरि असोजमा यसैगरी घरबाट अस्पताल र अस्पतालबाट घर फर्किँदा अर्को १ हजार जति खर्च हुन्छ। १ हजार भत्ताका लागि उनले २ हजार खर्चिनुपर्र्ने अवस्था देखा पर्दै छ। त्यसैकारण, नारायणी अस्पताल परिसरमा उनी आक्रोश पोख्दै थिए ,‘१ हजार भत्ता लिन २ हजार खर्च कसले गर्छ ? उही बेला नै पाइँदैन भन्दिएको भए अहिले किन अस्पताल आउँथे र ?’

Read More