मेष
यो साताको सुरुमा नयाँ कामको सुरुवात हुनुका साथै आर्थिक क्षेत्रमा सफलता मिल्ने संकेत छ। साताको मध्यतिर काममा केही अवरोध आउन सक्ने सम्भावना छ। तर, साताको अन्त्यतिर आर्थिक लाभको राम्रो योग रहेको छ।
वृष
साताको सुरुवातमा धन खर्च हुनेछ, तर मध्यतिर काममा सुधार हुँदै जानेछ र आर्थिक क्षेत्रमा पनि स्थिरता देखिनेछ। साताको अन्त्यतिर आम्दानी बढ्ने सम्भावना छ।
मिथुन
साताको सुरुमा काममा राम्रो प्रगति देखिनेछ, यद्यपि साताको मध्यमा केही बाधाको सामना गर्नुपर्ने हुन सक्छ। साताको अन्त्यमा नयाँ अवसरहरूको संकेत छ।
कर्कट
साताको सुरुवातमा काममा राम्रो सफलता र आर्थिक लाभको योग रहेको छ। साताको मध्यमा भने आर्थिक चुनौतीहरूको सामना गर्नुपर्नेछ। तर, साताको अन्त्यतिर आम्दानीका स्रोतहरू बढ्नेछन्।
सिंह
साताको सुरुमा काममा सहजता हुनेछ र आम्दानीमा वृद्धि हुनेछ। नयाँ आर्थिक अवसरहरू प्राप्त हुनेछन्। साताको मध्यमा खर्च बढ्न सक्छ। तर, साताको अन्त्यतिर काममा उन्नतिको योग रहेको छ।
कन्या
साताको सुरुमा केही चुनौतीपूर्ण परिस्थिति आउन सक्छ, तर साताको मध्यतिर एकपछि अर्को अवसर आउने हुँदा मन प्रसन्न रहनेछ। खर्चमा केही वृद्धि देखिनेछ।
तुला
साताको सुरुवातमा आर्थिक क्षेत्रमा केही समस्या र अवरोधको सामना गर्नुपर्नेछ। तर, मध्यतिर आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ, जसले मनोबल उच्च राख्नेछ। जग्गा जमिनको कारोबारबाट लाभ मिल्ने सम्भावना छ। अधुरा कामहरू पूरा हुनेछन्।
वृश्चिक
साताको सुरुमा धनको आगमनमा वृद्धि हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ र सोचेजस्तै कामहरू सम्पन्न हुनेछन्। तर, साताको अन्त्यतिर आर्थिक कारोबारमा केही मन्दी आउने संकेत छ।
धनु
साताको सुरुमा रोकिएका कामहरू सञ्चालन हुने र नयाँ अवसरहरू आउने सम्भावना छ। आर्थिक र व्यावसायिक क्षेत्र सामान्य रहन सक्छ।
मकर
साताको सुरुमा अनावश्यक विवादले काममा समस्या ल्याउन सक्छ। आर्थिक क्षेत्रमा केही अवरोधहरूको सामना गर्नुपर्छ। तर, साताको अन्त्यतिर काम र आर्थिक स्थितिमा सुधार हुने सम्भावना छ।
कुम्भ
साताको सुरुमा खर्चमा वृद्धि हुँदा मनमा खिन्नता हुन सक्छ। साताको मध्यतिर अनावश्यक खर्चहरू हुन सक्छन्। तर, साताको अन्त्यतिर आर्थिक क्षेत्रमा सुधार हुनेछ र कामहरू पनि बन्नेछन्।
मीन
साताको सुरुमा नयाँ अवसरहरू प्राप्त हुनेछन् र आम्दानीको नयाँ स्रोत पनि खुल्नेछ। साताको मध्यतिर परिवारको सहयोगले महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। साताको अन्त्यमा आम्दानीमा वृद्धि हुनेछ र नयाँ ठाउँमा लगानी गर्ने उचित समय छ।



