इष्टर्न साहारा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रतिकित्ता शेयरमूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको छ । सर्वसाधारणहरुमा निष्कासन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालसँग सम्झौता सम्पन्न भएको कम्पनीले बताएको छ ।
कम्पनीको रजिष्टर्ड झापाको बिर्तामोड नगरपालिका, चारपानेमो छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा छ ।




