सार्वजनिक ऋणको आकार थपिँदै छ: अर्थमन्त्री पौडेल


  • Himalayan Bank Limited (HBL)
सार्वजनिक ऋणको आकार थपिँदै छ: अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक ऋणको आकार रोकिनेभन्दा थपिँदै गएकोले सरकारले सोच विचार गरेर मात्र ऋण लिने बताएका छन्।

हालसम्म साढे २४ खर्ब बढी सार्वजनिक ऋणको आकार पुगेकोले अब भने उत्पादनमूलक क्षेत्रका लागि मात्र ऋण लिनुपर्ने बताए।

शुक्रबार राष्ट्रिय उद्यमी सम्मेलनको भैरहवामा उद्घाटन गर्दै पौडेलले उत्पादन घट्दा राजस्वमा गम्भीर असर परेको समेत बताए।

आर्थिक वर्ष २०८०/८१ मा राजस्व असुलीमा कमी र उत्पादनमा आएको ह्रासका कारण ६ प्रतिशतको आर्थिक वृद्धि भएको प्रसंंग निकाल्दै उनले यसलाई क्षतिपूर्ति गर्नका लागि पनि चालु आर्थिक वर्षमा राजस्व लक्ष्यको ३० प्रतिशत वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

अर्थमन्त्री पौडेलले सरकारले उद्यमीलाई दुःख दिने काम नगर्ने बताए।

Read More