रसुवा भन्सारमा ५० करोड राजस्व वृद्वि


  • Himalayan Bank Limited (HBL)
रसुवा भन्सारमा ५० करोड राजस्व वृद्वि

रसुवा — गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व ५० करोड रुपैयाँले वृद्वि भएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत एक अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा एक अर्ब तीन करोड मात्र राजस्व संकलन भएको थियो । राजस्व संकलनका लागि आयात भएका सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, विद्युतीय सामग्री, थरमस, विभिन्न मोडलका सवारीसाधन र तिनका पार्टपुर्जाका साथै स्याउ, ओखरलगायत फलफूल आयात भइरहेका भन्सार कार्यालयले जनाएको छ ।

Read More