भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको धारा २९ मा हदम्यादसम्बन्धी कानुनी प्रावधान छ। जहाँ लेखिएको छ– ‘प्रत्येक राज्य पक्षले उपयुक्तता अनुसार यस महासन्धिद्वारा स्थापित गरिएका कुनै पनि कसुरका सम्बन्धमा कानुनी कारबाही सुरु गर्न आफ्नो मुलुकको कानुनमा लामो हदम्यादसम्बन्धी कानुनी व्यवस्था स्थापना गर्ने तथा आरोपित कसुरदारले न्याय प्रशासनलाई छल्ने कार्य गरेकोमा हदम्यादसम्बन्धी कानुनी प्रावधानलाई लामो बनाउने वा हदम्यादसम्बन्धी कानुनी प्रावधानलाई निलम्बित गर्ने व्यवस्था स्थापित गर्नेछ।’ यो व्यवस्थाले भन्छ कि हदम्याद राख्ने हो भने लामो राख्नुपर्छ। या त त्यस्ता प्रावधानलाई निलम्बन नै गरेर अघि बढ्नुपर्छ।



