नेपालकै पहिलो हाइड्रोजन रिफ्युलिङ सेन्टरको शुभारम्भ, स्वदेशमै उत्पादित हाइड्रोजनबाट चल्नेछ गाडी


  • Himalayan Bank Limited (HBL)
नेपालकै पहिलो हाइड्रोजन रिफ्युलिङ सेन्टरको शुभारम्भ, स्वदेशमै उत्पादित हाइड्रोजनबाट चल्नेछ गाडी

काठमाडौं । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको हाइड्रोजन रिफ्युलिङ सेन्टरको आज (शुक्रवार) शुभारम्भ गरिएको छ । 

केयूले नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजनामार्फत निर्माण गरेको नेपालकै पहिलो उक्त रिफ्युलिङ सेन्टरको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले हाइड्रोजनबाट चल्ने गाडीमासमेत यात्रा गर्नुभएको थियो । 

परियोजना प्रमुख प्राडा विराजसिंह थापाले रिफ्युलिङ सेन्टर आवबाट औपचारिकरूपमा सञ्चालनमा आएको जानकारी दिए । यसअघि करीब ५ महीनअघि उक्त स्टेशनबाट हाइड्रोजन इन्धन रिफ्युलिङको सफल परिक्षण गरिएको थियो । ‘परीक्षणको रूपमा हामीले तीन–चार महीना लगायौं । परीक्षण गर्दै गर्दै गयौं । आजबाट औपचारिकता भयो,’ उनले भने । 

Read More