ट्रान्सरेलले पायो एमसीसी आयोजनाको १८ किलोमिटर सीमापार प्रसारण लाइन बनाउने जिम्मा


  • Himalayan Bank Limited (HBL)
ट्रान्सरेलले पायो एमसीसी आयोजनाको १८ किलोमिटर सीमापार प्रसारण लाइन बनाउने जिम्मा

सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंश १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए नेपालले हस्ताक्षर गरेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए नेपालका पदाधिकारीहरूको समुपस्थितिमा आयोजित एक समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

Read More