काठमाडौं । वाणिज्य बैंकले आव २०८०–८१ देखि क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ मा व्यवस्था भएबमोजिमको अतिरिक्त पुँजीकोष (काउन्टर साइक्लिकल बफर) राख्न नपर्ने भएको छ ।
चालू वर्षका लागि बफर शून्य प्रतिशत
२०८१ साउनदेखि लागू हुनेगरी आव २०८१–८२ का लागि यस्तो पुँजीकोष शून्य प्रतिशत रहने भन्दै नेपाल राष्ट्र बैंकले परिपत्र गरेको छ ।
यस अघि बैंकले आव २०८०–८१ को अन्त्यसम्ममा यस्तो पुँजीकोष शून्य दशमलव ५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्ष २०७९–८० को अन्त्यदेखि यो अतिरिक्त पुँजीकोषको लाग्ने व्यवस्था गरेकोमा मंगलबार एक परिपत्र जारी गर्दै पुँजीकोष राख्न नपर्ने व्यवस्था गरेको हो । ....



