अर्थमन्त्री विष्णु पौडेलले बिष्णुप्रसाद पौडेलले सार्वजनिक ऋण काबुभन्दा बाहिर नभएको बताएका छन् । साथै उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगेता पनि राज्यको दायरभित्र नै रहेको बताए ।
संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैदेशिक ऋण लिने र ऋण लिएको रकमलाई खर्च गर्दा होशियार हुनुपर्ने अवस्था भने रहेको बताए ।
उनले मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा उच्च प्रतिफल दिने गरी ऋण लिनु पर्ने अवस्थामा सरकार पुगेको बताए ।साथै उनले विधिसम्मत गरिएका कामहरूमा ठेकेदारको भुक्तानी नरोकिएको दाबी गरेका छन् । त्यस्तो आयोजनाको भुक्तानी नरोकिने समेत उनले बताए । ....


