काठमाडौ : निक्षेप संकलन उपकरणको औसत ब्याजदर झण्डै ३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट पछिल्ला २ दिनमा करिब २ खर्ब रुपैयाँ तरलता खिचेपछि बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले लिने निक्षेपको ब्याजदर बढेको हो ।
राष्ट्र बैंकले यो साताको मंगलबार स्थायी निक्षेप सुविधा मार्फत १ खर्ब ७४ अर्ब ५५ करोड र बुधबार निक्षेप संकलन उपकरण मार्फत २१ अर्ब गरि १ खर्ब ९५ अर्ब ५५ करोड तरलता खिचेको छ ।
बुधबार निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ४० अर्ब माग गर्दा बैंक तथा वित्तीय संस्थाले २२ अर्ब २० करोड मात्रै निक्षेप दिन तयार भएका थिए । त्यसमा पनि केन्द्रीय बैंकले ब्याजदर केही बढाएर भएपनि २१ अर्ब रुपैयाँ मात्रै निक्षेप लिएको छ।
बुधबार बैंक तथा वित्तीय संस्थाले न्यूनम ब्याजदर २.८६० प्रतिशत देखि अधिकतम ३ प्रतिशत ब्याज माग गरेका छन् । केन्द्रीय बैंकका अनुसार बुधबारको निक्षेप संकलनको औसत ब्याजदर २.९९६२ प्रतिशत कायम भएको छ । यसअघि निक्षेप संकलनको औसत ब्याजदर २.८८३३ प्रतिशत कायम थियो। ...



