नारिता, क्वालालम्पुर, बैंकक, हङकङ, बैंग्लुरु, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा हुने उडानको चाप एउटा न्यारोबडीमा मात्र
काठमाडौँ — दुईवटा वाइडबडी र एउटा न्यारोबडी ‘ग्राउन्डेड’ हुँदा नेपाल वायुसेवा निगमले दैनिक कम्तीमा पाँच करोड रुपैयाँ बराबरको व्यापार गुमाउन थालेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमान रहेकामा वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीको नेपल्समा छ ।
अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ मा पठाउनुपर्ने भएकाले बुधबार रातिदेखि नियमित उडानमा छैन । न्यारोबडी ‘सगरमाथा’ ले ‘हाइड्रोलिक’ प्रणालीमा समस्या भएर शनिबार रातिदेखि नै उडान भर्न सकेको छैन । ...


