भदौ लागेपछि बैंकहरु कर्जा विस्तारमा आक्रामक बन्दै, कर्जा लगानी बढ्न थाल्यो


  • Himalayan Bank Limited (HBL)
भदौ लागेपछि बैंकहरु कर्जा विस्तारमा आक्रामक बन्दै, कर्जा लगानी बढ्न थाल्यो

भदौ लागेसँगै बैंकहरु कर्जा विस्तारमा आक्रामक बन्न थालेका छन्। साउन सकिएसँगै अहिले बैंकहरुले भटाभट ग्राहकको कर्जा स्वीकृत गर्न थालेका छन्, जसले गर्दा कर्जा लगानी उच्च दरमा बढ्न थालेको हाे।

ब्याजदर घटेको अवस्थामा कर्जाको माग पनि बढेको छ। अहिले बैंकहरुको आधार दर ८ प्रतिशतको हाराहारीमा झरेको छ भने एकल अंकको ब्याजदरमा नै कर्जा दिन थालेका छन्। यसले गर्दा पनि बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ।

मौद्रिक नीतिपछि नै कर्जाको माग बढ्न थालेको एक बैंकर बताउँछन्। अहिले व्यवसायीहरुले पनि कर्जाको माग केहि बढाउन थालेका छन् भने अन्य क्षेत्रहरुबाट पनि कर्जाको माग बढीरहेको छ। बैंकमा पनि अधिक तरलता भएकोले भदौ लागेपछि कर्जा लगानीमा केन्द्रित हुन थालेको ती बैंकरले बताए। ....

Read More