काठमाडौं : अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढााउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।
यसैक्रममा, अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले भने, “अल्फा क्यापिटलले आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छौं । यो हाम्रो लागि खुशीको कुरा हो ।” ...





