१२ भदौ, काठमाडौं । जापान सरकारले नेपाललाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना अन्तर्गत उक्त अनुदान सहायत उपलब्ध गराउने भएको हो ।
अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्व विद्यालयहरूमा २ वर्षको स्नातकोत्तर तह तथा तीन वर्षको विद्यावारिधी (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । ...



