काठमाडौँ । कुमारी बैंक लिमिटेडले र्याडिसन होटलसँगको सहकार्यलाई थप सुदृढ पार्दै आफ्नो ग्राहकहरुलाई आकर्षक छुटका अवसरहरु उपलब्ध गराउने उद्देश्यले सम्झौता गरेको छ।
यस सम्झौताअनुसार, कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले र्याडिसन होटलको विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट पाउनेछन्। र्याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) का ग्राहकहरुले अब कुमारी बैंकको कार्ड प्रयोग गरी होटलको खाद्य तथा पेय पदार्थमा १५% छुट, पेस्ट्री सपमा १०% छुट, फिटनेस सेवामा २०% छुट, ट्रानक्विलिटी स्पा तथा एयरपोर्ट रेस्टुरेन्ट सेवामा १५% छुट, र केकमा १०% छुटको लाभ लिन सक्नेछन्।
कुमारी बैंक लिमिटेडले २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ र देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।
यस सम्झौताबाट ग्राहकहरुले गुणस्तरिय सेवा र सहुलियत दरमा होटलका सेवाहरु प्राप्त गर्न सक्नेछन्। बैंकले आगामी दिनमा पनि आफ्नो सेवामा अझ सुधार ल्याउँदै सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।





