आर्थिक राशिफल : भदौ १२ गते बुधबार, भाद्र कृष्णपक्ष दशमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : भदौ १२ गते बुधबार, भाद्र कृष्णपक्ष दशमी तिथि

भदौ १२ गते बुधबार, भाद्र कृष्णपक्ष दशमी तिथि

मेष 
सन्चित धन बढ्नेछ। धातु सम्बन्धि क्षेत्रका व्यक्तिले राम्रो लाभ गर्न सक्ने समय छ। 

वृष 
स्थिर सम्पति जोड्न सक्ने र रहेको सम्पतिमा वृद्धि हुन सक्नेछ।

मिथुन 
नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्चसमेत बढ्ने योग छ। 

कर्कट 
आम्दानीमा वृद्धि तथा काममा सफलता मिल्न सक्नेछ। 

सिंह 
जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । नोकरीबाट मानसम्मान मिल्नेछ ।

कन्या 
विना प्रयोजनको अनावश्यक यात्रामा समय व्यतित हुन सक्छ । आर्थिक तथा कामको क्षेत्र सामान्य रहन सक्नेछ।

तुला 
अत्याधिक खर्च हुन सक्ने र स्वास्थ्यमा समस्या आउँन सक्छ। 

वृश्चिक 
कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । 

धनु 
आज रमाइलो यात्राको सम्भावना छ।आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्।

मकर 
अनावश्यक काममा समय र धनको खर्च हुन सक्ने योग रहेको छ। 

कुम्भ 
दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मीन 
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन्।