कुमारी क्यापिटलका ४ वटै म्युचुअल फन्डको न्याभ र नाफा बढ्यो, कुनको अवस्था कस्तो छ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी क्यापिटलका ४ वटै म्युचुअल फन्डको न्याभ र नाफा बढ्यो, कुनको अवस्था कस्तो छ ?

काठमाडौं : सेयर बजार बढेसँगै सञ्चालनमा रहेका कुमारी सामूहिक लगानी कोषको व्यवस्थापनमा सञ्चालित ४ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यस्तै, यी फन्डहरुको नाफामा पनि निकै राम्रो सुधार देखिएको छ । 

जसमा कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) साउन मसान्तमा १ रुपैयाँ ७५ पैसाले बढेर १२ रुपैयाँ ७१ पैसा कायम भएको छ । असारमा यस फन्डको न्याभ १० रुपैयाँ ९६ पैसा रहेको थियो । 

साउन महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ७५ करोड ८७ लाख रुपैयाँबाट बढेर ८८ करोड ४७ लाख रुपैयाँ पुगेको छ । 

Read More