धनगढी । सुदूरपश्चिममा बजेट पास नहुँदा सेवाग्राहीबाट दोब्बर कर असुल्ने काम हुँदै आएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमै नआउँदा नागरिकबाट दोब्बर कर असुल्ने काम भइरहेको हो ।
प्रदेश सरकारले आर्थिक ऐन, विनियोजन ऐन र वार्षिक बजेट नल्याएर गरेको गल्तीको सजायको भागिदार करदाता बन्न पुगेका छन् । सरकारले गरेको गल्तीका कारण उद्योगी, व्यवसायीले दोब्बर जरिबाना तिर्नुपरेको छ ।
यातायात र उद्योग कार्यालयबाट जरिबाना असुली
कैलालीको धनगढीस्थित यातायात व्यवस्था कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दिनहुँ सेवाग्राहीको भिडभाड हुने गरेको छ । यातायात कार्यालयमा नवीकरण, जाँचपास, रोड परमिट, नामसारी लगायतका लागि सेवा लिन आउनेहरूको घुइँचो लाग्ने गरेको छ भने घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय नवीकरण गर्नेहरूको पनि उस्तै भिड बढ्ने गरेको छ । तर, दुबै कार्यालयमा सेवाग्राहीबाट तिर्नुपर्ने दस्तुरभन्दा दोब्बर बढी जरिबाना तिर्नुपरेको छ । ...



