काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा नै वैदेशिक व्यापारको सूचक सन्तोषजनक देखिएका छैनन् । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा आयात–निर्यात दुवै घटेको छ भने व्यापार घाटा बढेको छ ।
साउनमा आयात सामान्य घटेपनि निर्यात उच्चदरले घट्दा व्यापार घाटा बढ्न गएको हो । साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात र १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यस अवधिमा आयात ०.६७ प्रतिशत तथा निर्यात ९.६३ प्रतिशतले घटेको हो ।



