गुल्मीमा एक लाख बढी नागरिक स्वास्थ्य बिमाको पहुँचमा


  • Himalayan Bank Limited (HBL)
गुल्मीमा एक लाख बढी नागरिक स्वास्थ्य बिमाको पहुँचमा

गुल्मी : पछिल्लो समय गुल्मीका नागरिकको स्वास्थ्य बिमामा आकर्षण बढ्दै गएको छ। नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्य अनुरूप सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा  प्रभावकारी बन्दै गएको हो। सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको संख्या बर्सेनि बढिरहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जनाएको छ। 

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ २०७६ सालदेखि गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो। दुई नगरपालिका र १० गाउँपालिका भएको यस जिल्लामा पछिल्लो समय बिमितको संख्या बर्सेनि बढ्दो क्रममा देखिएको छ। २०७८ सालको जनगणना अनुसार गुल्मीमा दुई लाख ४६ हजार आठ सय ३६ जनसंख्या रहेको छ। 

Read More