एक प्रतिशतभन्दा बढी सेयर हुने बैंक सञ्चालकले कर्जा नपाउने व्यवस्था संशोधन हुनुपर्छ– अध्यक्ष अग्रवाल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक प्रतिशतभन्दा बढी सेयर हुने बैंक सञ्चालकले कर्जा नपाउने व्यवस्था संशोधन हुनुपर्छ– अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एक प्रतिशतभन्दा बढी सेयर हुने बैंक सञ्चालकले कर्जा नपाउने व्यवस्था गर्न लागिएकोले यसमा संशोधन गरिनुपर्ने बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको 'सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो पूर्वाधार' विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।

उक्त व्यवस्थाले अर्थतन्त्रलाई नै समस्या हुने उनको भनाइ छ। 

'सजकतापूर्वक मौद्रिक नीति आएको छ। सेयर बजारमा उच्च सुधार आएको छ,' उनले भने, 'सेयर बजारमा एक महिनामै साढे चार अर्ब राजस्व उठेको छ।'