७ भदौ, काठमाडौं । अघिल्लो वर्ष विश्वभर व्याप्त हिंसाबाट विश्वले २० खर्ब डलर क्षति व्यहोरेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार विश्वभर सैन्य क्षेत्रमा लगानी बढ्दा शान्ति स्थापनामा भने लगानी घटिरहेको छ ।
महासचिव एन्टोनियो गुटेरेसले बुधबारको सुरक्षा परिषद बैठकमा प्रस्तुत गरेको ‘शान्ति स्थापनाको नयाँ एजेण्डा’ माथिको छलफलमा भाग लिने क्रममा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना सहयोग सम्बन्धी उपमहासचिव एलिजाबेथ स्पीहारले सो जानकारी दिएकी हुन् ।



