सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न गठित समितिले आज रवि लामिछानेको बयान लिँदै


  • Himalayan Bank Limited (HBL)
सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न गठित समितिले आज रवि लामिछानेको बयान लिँदै

काठमाडौं : सहकारीको बचत ठगी, अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ। पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि आज दिउँसो २ बजे सोधपुछका लागि समितिले पत्राचार गरेको हो। 

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेकाले उनको नाम मुछिएको हो। लामिछानेले नै सार्वजनिक गरे अनुसार उनले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएका थिए। उनीहरूले पोखराको सूर्य दर्शन सहकारी, साहारा चितवन बहुउद्देश्यीय सहकारी‚ बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियाको खातामा ट्रान्सफर  गरेको आरोप लागेको छ।

लामिछानेलाई भन्दा अगाडि बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि समितितले बोलाएको छ।

Read More