काठमाडौं : नेपाल ल्युब आयलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१९.६० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले ५४ लाख २८ हजार नाफा आर्जन गरेको थियो । सञ्चालन आम्दानी बढेको कारण नाफामा सुधार आएको हो ।
९२ करोड ६६ लाख रहेको उक्त आम्दानी १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रहेको छ । यता, वित्तीय खर्च पनि ४ करोड २५ लाखबाट घटेर ३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । ६ करोड ७ लाख १८ हजार ९०० रुपैयाँ चुक्ता पुँजी रहेको आयलको रिटेन्ड अर्निङमा २४ करोड ३७ लाख रहेको छ । अन्य इक्विटी ९ करोड ४६ लाखको छ । यसको प्रतिसेयर आम्दानी ७३.२७ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ११.१९ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ ६५७.४० रुपैयाँ रहेको छ।



