‘एमसीसी परियोजना समयमै सकिनेमा ढुक्क’


  • Himalayan Bank Limited (HBL)
‘एमसीसी परियोजना समयमै सकिनेमा ढुक्क’

काठमाडौं : अमेरिकी राजदूत डिन आर थोम्सनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजना तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।

परियोजना कार्यान्वयनको चरणमा गएको एक वर्षको प्रगति समीक्षा कार्यक्रममा राजदूत थोम्सनले परियोजनाको काम सहज रूपमा अघि बढिरहेकाले समयमा नै सकिने विश्वास व्यक्त गरे । परियोजना पाँच वर्षमा नै सकिने बताउँदै राजदूतले यसमा सरकारको साथ र सहयोगका लागि धन्यवाद दिए । 

कार्यक्रममा एमसीसीको रिजनल कन्ट्री डाइरेक्टर डायान एल फ्रान्सिस्कोले विगत एक वर्षमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले वास्तविक गति लिएको बताइन् । ‘परियोजनाको तीन सबस्टेसनको ठेक्कामा हस्ताक्षर, विद्युत् नियामक प्राधिकरणलाई प्राविधिक सहयोगको व्यवस्था, आयोजना प्रभावित समुदायलाई सहयोग गर्न एमसीए साझेदारी कार्यक्रमको थालनी, १८ किलोमिटर प्रसारण लाइनको ठेक्कामा हस्ताक्षरलगायत उल्लेख्य प्रगति भएको छ,’ उनले भनिन् । रिजनल कन्ट्री डाइरेक्टर फ्रान्सिस्कोले एमसीसीको सफलता सम्पूर्ण नेपालीको सफलता भएको पनि बताइन् । 

Read More