महासंघको पहलमा १० अर्ब लगानीमा स्थापित कम्पनीले स्टार्ट अपमा लगानी गर्ने


  • Himalayan Bank Limited (HBL)
महासंघको पहलमा १० अर्ब लगानीमा स्थापित कम्पनीले स्टार्ट अपमा लगानी गर्ने

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित लगानी कम्पनीले स्टार्ट अपमा लगानी गर्ने जानकारी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित स्टार्टअप नेसन २०३० को उद्घाटन सत्रमा मन्तव्य दिँदै ढकालले सो कुरा बताएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब रुपैयाँको लगानीमा लगानी कम्पनी स्थापना भएको ढकालले जानकारी दिए । तर, यो स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्न सक्ने ढकालले स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघ ७७ वटै जिल्ला र नगरपालिकामा जम्मा १२३ स्थानमा रहेको पनि ढकालले बताए । 

Read More