राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ रकम खिच्ने प्रस्ताव गर्दा बैंकहरूले करिब दुई खर्ब नै राख्न इच्छा जनाएका छन्।
भदौ २ गते राष्ट्र बैंकले प्रस्ताव माग गरेकोमा २५ बैंक तथा वित्तीय संस्थाले ५५ वटा बोलकबोल आवेदन दिएका थिए।
आवेदन दिएका बैंकहरूले अधिकतम २.९७ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याजदर माग गरेका छन्। यसको औसत ब्याजदर २.८८ प्रतिशत कायम भएको छ।
भदौ २३ गतेसम्मको लागि एक खर्ब रकम राख्न पाएका छन्।



