सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भए : प्रधानमन्त्री ओली


  • Himalayan Bank Limited (HBL)
सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भए : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूको ऋण प्रहाव गर्ने प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार स्टार्टअप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परियोजनाको मूल्याकंन गरेर मात्रै ऋण प्रहाव गर्नुपर्ने बताए।

उनले सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भएको भन्दै टिप्पणी समेत गरे।  'सम्पत्ती राखेर ऋण दिने होइन, परियोजना धितो राखेर ऋण दिनुपर्यो,'प्रधानमन्त्री ओलीले भने,'साहुजी बैंक होइनन् परियोजनाको मूल्यांकन गरेर ऋण प्रवाह गर्नुपर्यो।'

प्रधानमन्त्री ओलीले स्टार्टअपका लागि अनुकूल वातावरण बनेको भन्दै साना-साना पुजीबाट उत्पादन वृद्धि हुने उद्योगहरूमा लगानी र विस्तार गर्न आग्रह गरे।

Read More