वार्षिक ७३ हजार आम्दानी गर्न नसक्ने जनसंख्या २० प्रतिशत, किन घटेन गरिबी ?


  • Himalayan Bank Limited (HBL)
वार्षिक ७३ हजार आम्दानी गर्न नसक्ने जनसंख्या २० प्रतिशत, किन घटेन गरिबी ?

काठमाडाैँ । केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । जबकि २०६६-६७ मा गरिएको तेस्रो सर्वेक्षण अनुसार २५.१६ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए ।

२०७९ मा सर्वेक्षण गरेर भर्खरै सार्वजनिक गरिएको नतिजाको पूर्ण विवरण अनुसार १३ वर्षको अन्तरालमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या जम्मा ५ प्रतिशत बिन्दुले घटेको छ । 

तथ्याङ्क कार्यालयको विवरण अनुसार २०५२-५३ सालसम्म ४२ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए । २०६०-६१ मा यो संख्या ३१ प्रतिशतमा झरेको थियो । जबकि यो समयमा मुलुक राजनीतिक रूपमा अस्थिर र आन्तरिक युद्धमा होमिएको थियो । 

Read More