स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको छः प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देहबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराए।

प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताए । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताए । उनले स—साना पुँजीले अलि ठूला कामहरु गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

Read More