सरकार, निजी क्षेत्र र बिकास साझेदारहरुले मुलुकको बिकासका लागि आवश्यक स्रोत जुटाउन थप सक्रियता आवश्यक रहेको वताएका छन् । नेपाल सरकार अर्थमन्त्रालय, संयुक्त राष्ट संघ र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको बिकासका लागि वित्त सम्वादमा नेपाल स्तरोन्नतिको संघारमा रहकाले थप लगानी आवश्यक रहेको वताए ।
दिगो बिकास लक्ष्य हासिल गर्न अहिले बार्षिक करिब २५ खर्ब रुपैया आवश्यक देखिएको छ । पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा राजश्वमा भएको संकुचनले बिकासका लागि रकम अभाव हुने देखिएको छ ।


