साउनमा ५९ उद्योगबाट साढे ८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
साउनमा ५९ उद्योगबाट साढे ८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामै ५९ वटा विदेशी कम्पनीले नेपालमा उद्योग दर्ताको अनुमति पाएका छन् ।

उद्योग विभागको तथ्यांकनुसार गत साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागले हालसम्ममा ५ खर्ब २० अर्ब ४४ करोड ८४ लाख विदेशी लगानी प्रतिबद्धता आएको जनाएको छ ।

साउनमा दर्ता भएका ५९ वटा उद्योगमध्ये ५७ साना हुन् भने दुई ठूला उद्योग हुन् । यी उद्योगले ३ सय २३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । वैदेशिक लगानीमा दर्ता भएका यी उद्योगले ३ सय २३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

Read More