रिलायन्स स्पिनिङ मिल्स आईपीओ विवाद : सीआईबीलाई अनुसन्धान रोक्न धितोपत्र बोर्डकै चिठी


  • Himalayan Bank Limited (HBL)
रिलायन्स स्पिनिङ मिल्स आईपीओ विवाद : सीआईबीलाई अनुसन्धान रोक्न धितोपत्र बोर्डकै चिठी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) विवादका सम्बन्धमा थप अनुसन्धान आवश्यक नरहेको बताएपछि अनुसन्धान तामेलीमा राखिएको प्रहरीले बताएको छ । 

यस सम्बन्धमा उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको थियो । नेपाल धितोपत्र बोर्डले थप अनुसन्धान आवश्यक नरहेको आशयको पत्र पठाएपछि हाललाई ब्युरोमा परेको उजुरी तामेलीमा राखिएको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आर्थिक अभियानलाई बताए । 
सीआईबीले साउन ३२ गते धितोपत्र बोर्डलाई लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ बोर्डको चलानी नं २७८, मिति २०८१/०४/२३ गतेको पत्र प्राप्त भई बेहोरा अवगत भयो । त्यस सम्बन्धमा रिलायन्स स्पिनिङ मिल्स लिको सार्वजनिक निष्कासनको सम्बन्धमा यस ब्युरोमा परेको उजुरी हाललाई तामेलीमा राखिएको बेहोरा जानकारीका लागि अनुरोध छ ।’

Read More