काठमाडौं : युद्धको चपेटामा रहेको इजरायलको सेयर बजार भने अल टाइमा हाईको नजिक पुगेको छ । हाल हमाससँग युद्ध जारी रहेपनि इजरायलको सेयर बजारले भने सकारात्मक बाटो समातेको छ । त्यहाँको ‘टेल अभिव स्टक एक्सचेन्ज’ को बेन्चमार्क 'टीए ३५' ले गत जुलाई १६ मा २०७६ विन्दुमा हाई बनाएको थियो ।
आज मंगलबार यो समाचार तयार पार्दै गर्दा (सभा २ बजे) इन्डेक्स २०७३ विन्दुमा कारोबार हुँदैछ । त्यस्तै, अर्को बेन्चमार्क ‘टीए-१२५’ सन् २०२२ अप्रिल २० मा २१५० को हाईमा पुगेको थियो । अहिले २०६० विन्दुमा कारोबार हुँदैछ ।





