धितोपत्र बोर्डको सञ्चालकका लागि महासंघबाट अवस्थी सिफारिस


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको सञ्चालकका लागि महासंघबाट अवस्थी सिफारिस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले गत शुक्रवार महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन् । 

सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य हुने प्रावधान छ । यसअघि महासंघको तर्फबाट उपाध्यक्ष सुरजकृष्ण वैद्य बोर्डको सञ्चालक रहेका थिए । वैद्य जिल्ला नगरतर्फको उपाध्यक्ष भएकाले महासंघको गतिविधिमै व्यस्त हुने भएकाले उनलाई फिर्ता बोलाउने निर्णय गरेको महासंघले जानकारी दिएको छ ।

Read More