धनगढी । कैलालीबाट वार्षिक ८ अर्ब ६६ करोडको पशु तथा पशुजन्य उत्पादन निकासी हुने गरेको पाइएको छ । यहाँबाट कर्णाली, गण्डकी प्रदेश र काठमाडौंमा राँगा–भैंसी, खसी र बोका निर्यात हुने गरेको पाइएको छ ।
वार्षिक करिब ५० हजार खसी–बाख्रा र २५ हजार रागाँ–भैंसी कैलालीबाट निकासी भएको सकारी तथ्यांकले देखाएको हो । जिल्लाबाट ३ अर्ब ४० करोडको दुध, १८ करोडको वटर र घ्यु तथा ८ करोडको छुर्पी समेत निर्यात भएको छ ।
उता, कोरोना महामारीपछि पशु तथा पशुजन्य उत्पादन बढेको छ । कोरोनापछि किसानमा पशुपालन गर्ने र त्यसबाट आम्दानी गर्ने बानीको विकास भएको छ । कैलालीको मोहन्याल तथा चुरे गाउँपालिका लगायत तराई क्षेत्रको ग्रामीण इलाकामा पशुपालन गर्नेहरूको संख्या बढेको छ ।



