लगानीका लागि उपयुक्त देश बनाउन सबैले मिलेर काम गर्न आवश्यक : ढकाल


  • Himalayan Bank Limited (HBL)
लगानीका लागि उपयुक्त देश बनाउन सबैले मिलेर काम गर्न आवश्यक : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई लगानीका लागि उपयुक्त देश बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताएका छन्।

राजधानीमा मंगलबार आयोजित ‘विकासका लागि वित्त’ संवाद कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘सरकार, निजी क्षेत्र र विकास साझेदार सबै मिलेर काम गरयौं भने नेपाल लागनीका लागि उपयुक्त देश बन्न सक्छ’, उनले भने।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्दा समृद्ध नेपाल निर्माण गर्न सकिने पनि बताए।नेपालमा दिगो विकासलाई अगाडि बढाउन सरकार र संयुक्त राष्ट्र संघजस्ता विकास साझेदारसँग साझेदारी गर्नु आफूहरुको कर्तव्य रहेको उनले बताए।

Read More