दिगो विकासको लक्ष्य प्राप्त गर्न नेपाललाई वार्षिक ३० खर्ब आवश्यक


  • Himalayan Bank Limited (HBL)
दिगो विकासको लक्ष्य प्राप्त गर्न नेपाललाई वार्षिक ३० खर्ब आवश्यक

कोभिडपछि विश्वभर दिगो विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल) को लागि आवश्यक पुँजी स्रोतको खाडल बढेको देखिएको छ।

'दिगो विकासको लक्ष्य प्राप्तिको लागि काेिभडअघि विश्वभर वार्षिक २५ खर्ब डलर बराबरको पुँजी स्रोत अपुग भइरहेको मानिएको थियो,' संयुक्त राष्ट्र संघको नेपालका लागि आवासीय संयोजक हान्ना सिंगर ह्याम्डिले बताइन्, 'त्यसपछि भने वार्षिक ४० खर्ब डलर अपुग देखिएको छ।'

नेपाल सरकार, संयुक्त राष्ट्र संघ नेपाल र उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा भएको 'विकासका लागि वित्त' शीर्षकको कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

नेपाल पनि यसको अपवाद नरहेको कार्यक्रममा वक्ताहरूले बताएका छन्।

Read More