धितोपत्र बोर्ड सञ्चालकमा महासंघ र आईक्यानका प्रतिनिधि हटाइँदै


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड सञ्चालकमा महासंघ र आईक्यानका प्रतिनिधि हटाइँदै

काठमाडौँ — नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का प्रतिनिधि रहने हालको व्यवस्था हटाउने तयारी भएको छ । ‘धितोपत्रसम्बन्धी ऐन ०६३’ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्ड सञ्चालक समितिमा उल्लिखित संस्थाका प्रतिनिधि नराख्ने व्यवस्था प्रस्ताव गरिएको हो । 

बोर्ड सञ्चालकमा प्रतिनिधित्व गर्ने महासंघ र आईक्यानका पदाधिकारीहरूको स्वार्थ बाझिने भएकाले उनीहरूलाई हटाउनुपर्ने चर्चा पुरानै हो । विगतमा ऐनमा उक्त व्यवस्था प्रस्ताव गरिए पनि संसद्बाट पारित हुने बेला हटेको थियो । अहिले संशोधित विधेयकमा पुनः सोही व्यवस्था समेटिएको छ । ‘स्वार्थ बाझिन सक्ने अवस्थालाई न्यूनीकरण गर्न यी संस्थाका प्रतिनिधिलाई बोर्डमा सदस्य नहुने व्यवस्था गर्न आवश्यक भएकाले,’ संशोधित विधेयकमा भनिएको छ ।

Read More