रिलायन्स स्पिनिङ्गलाई सीआईबीको पनि 'क्लिन चिट', अब कहिले आउला आईपीओ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायन्स स्पिनिङ्गलाई सीआईबीको पनि 'क्लिन चिट', अब कहिले आउला आईपीओ?

प्रिमियम मुल्यमा साधारण शेयर निष्काशनको पर्खाईमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट पनि 'क्लिन चिट' पाएको छ। वित्तीय विवरणमा कुनै कैफियत नभएको भन्ने धितोपत्र बोर्डको जवाफमा चित्त बुझाउदै सीआईबिले रिलायन्स स्पिनिङ्गलाई क्लिन चिट दिएको हाे।

धितोपत्र बोर्डले यहि साउन २४ गते पठाएको जवाफमा चित्त बुझाउदै सीआईबीले रिलायन्स स्पिनिङ्ग बिरुद्द परेको उजुरी तामेलीमा राखिएको बारे धितोपत्र बोर्डलाई आज साउन ३२ गते पत्र पठाएको छ। बोर्डबाट कम्पनीमाथि थप अनुसन्धान गर्न नपर्ने गरि प्रमाण सहित जवाफ प्राप्त भएकाले उक्त मुद्दालाई तामेलीमा राखिएको सिआईबीले पठाएको पत्रमा उल्लेख छ।

धितोपत्र बोर्डले प्रश्नको प्रतिउत्तरमा साउन २४ गते सीआईबीलाई ४८ पृष्ठ लामो जवाफ पठाएको थियो। वित्तीय विवरण कसुरपूर्ण रहेको भन्दै उजुरीपरेपछि सीआईबिले धितोपत्र बोर्डलाई जवाफ दिनलाई लिखित निर्देशन दिएको थियो।

कम्पनीलाई बुक विल्डिङ्ग प्रणालीबाट आईपीओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय रिपोर्ट अनुसार कहीँ कतै कमजोरी नभएको भन्दै धितोपत्र बोर्डले कहिकतै कमजोरी नभएको र कम्पनीमाथि थप अनुसन्धान समेत गर्न आवश्यक नरहेको भन्दै सीआईबीलाई लिखित जवाफ पठाएको थियो । रिलायन्सको वित्तीय विवरण बदनियतपूर्वक भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख धितोपत्र बोर्डले सिआईबीलाई लेखेको पत्रमा छ ।

Read More