सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान


  • Himalayan Bank Limited (HBL)
सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ । आइतबार समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यसँग बयान लिएको हो ।  आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए । 

गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछाने मात्र होइनन् पार्टीका सह–महामन्त्री आचार्य पनि जोडिएका छन् ।

Read More