२ भदौ, काठमाडौं । ३० महिनापछि कर्जाको भारित औसत ब्याजदर एकल अंकमा झरेको छ ।
२०७८ पुस मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.४४ प्रतिशत रहेकोमा माघमा बढेर १०.३० प्रतिशत पुगेको थियो ।
त्यसयता लगातार बढेर २०७९ माघ र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर पछिल्लो १५ महिनायता घट्दो क्रमममा छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ ।



