राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०–८१ मा निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य ११.५ प्रतिशत राखेको भए पनि त्यो लक्ष्य पूरा हुन सकेन।
आर्थिक शिथिलताले कर्जा मागमा आएको कमी र राष्ट्र बैंकले चालु पुँजी कर्जा लगायतमा गरेको केही नीतिगत कडाइले समेत कर्जा विस्तार लक्ष्य अनुसार हुन नसकेको हो।
गत आर्थिक वर्षभरीमा निजी क्षेत्रतर्फ गएको कर्जा ५.८ प्रतिशतले बढेर ५० खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। यसअघि यस्तो कर्जा ३.८ प्रतिशतले बढेर ४७ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको थियो।
बैंकहरूको पाकेर पनि उठाउन नसकेको ब्याज एक खर्ब १९ अर्ब रूपैयाँ छ।
यही कारण समग्र निजी क्षेत्रको बैंकमा दाबी ६.१ प्रतिशतले बढेर ५२ खर्ब दुई अर्ब पुगेको छ। यसअघि उठाउन नसकेको ब्याज ९९ अर्ब ७८ करोड रूपैयाँ थियो।



