काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा साढे ८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आव २०८१–८२ को साउन महिनामा ५९ उद्योगमार्फत ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएकोे विभागको तथ्यांकले देखाएको छ । गत आव २०८०–८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको थियो।



