साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर


  • Himalayan Bank Limited (HBL)
साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर

चालू आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको हो ।

चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २.१६ प्रतिशत र आम्दानी ६.५९ प्रतिशत बराबर हो ।एक महिनामा चालूतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको १.०९ प्रतिशत र पूँजीगततर्फ ८ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको २.४३ प्रतिशत बराबर छ ।

Read More